नियम ३
पंजिकाधिकारी (रजिष्ट्रार) को काम र कर्तव्य
यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम र कर्तव्यको अतिरिक्त पंजिकाधिकारीको काम र कर्तव्य देहायबमोजिम हुनेछ;-
- स्थानीय पंजिकाधिकारीहरूलाई व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा निर्देशन दिने,
- स्थानीय पंजिकाधिकारीहरूले यथा समयमा व्यक्तिगत घटना दर्ता नगरी वा दर्ताको प्रमाणपत्र नदिई सूचकलाई अनावश्यक तवरले झुल्याई राखेको छ भनी निजहरू उपर पर्न आएको उजूरीमा आवश्यक कारबाही गर्ने,
- दर्ता भई सकेको व्यक्तिगत घटनाको विवरण सच्याउने र दर्ता भइसकेको नाम फेर्ने सम्बन्धमा स्थानीय पंजिकाधिकारीलाई अनुमति दिने,
- स्थानीय पंजिकाधिकारीको कार्यालयले पठाइने व्यक्तिगत घटना दर्ताको मासिक विवरण सम्बन्धी फारामको ढाँचा तोकिदिने,
- व्यक्तिगत घटनाको दर्ताको तथ्याङ्क सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
- व्यक्तिगत घटनाको दर्ताको सम्बन्धमा वार्षिक प्रतिवेदन तयार पारी नेपाल सरकारमा पेश गर्ने,
- व्यक्तिगत घटना दर्ता गर्ने सम्बन्धमा ऐन र नियमको उद्देश्य कार्यान्वयन गर्न आवश्यक काम कारवाही गर्ने ।